युरोपेली पत्रकारहरूले लगातार दोस्रो वर्ष युरोपको सर्वश्रेष्ठ खेलाडीका रुपमा पोर्चुगिस खेलाडी क्रिस्टियानो रोनाल्डोलाई छानेका छन् ।

उरुग्वेको समाचारपत्र ‘एल पेस’ले गरेको उक्त सर्वेक्षणमा १ सय ४४ पत्रकारमध्ये ८९ ले स्पेनिश क्लब रियल म्याड्रिडका लागी खेल्दै आएका रोनाल्डोलाई सर्वश्रेष्ठ फुटबल खेलाडी भएको बताएका थिए । जर्मनी तथा बायर्न म्युनिखका गोलकिपर म्यानुअल नुयर १९ मतका साथ दोस्रो स्थानमा रहे भने लियोनेल मेसी १६ मतका साथ तेस्रो स्थानमा रहेका थिए ।  रोनाल्डोले यस संस्करणमा स्पेनिश लिगका लागि अहिले सम्म २५ गोल गरिसकेका छन् ।

युरोपको सर्वश्रेष्ठ कोच भने अर्जेन्टिनाका वर्तमान कोच डियगो सोमेओनलाई चुनिएको छ । डियगोले २०१३­२०१४ सत्रमा स्पेनिश लिगको च्याम्पियन एथलेटिको म्याड्रिडको कोचको पद सम्हालेका थिए । सर्वश्रेष्ठ कोचको पुरस्कार जित्ने डियगो पहिलो युरोप बाहिरका कोच हुन् ।

Comments

comments