बलिउडकी सर्वाधिक चर्चित नायिका रेखा अब कुनै पनि अवार्ड कार्यक्रममा नजाने बताइकी छिन् । उनी कुनै पनि कार्यक्रममा नजाने निर्णय उनको पहिरनका कारणले भएको हो । जुन कार्यक्रममा जाँदा पनि रेखाले आफूलाइ मन पर्ने साडी मात्रै लगाएर जाने गरेकी थिइन । एउटै साडी र एउटै प्रकारको गहनाको आलोचना भएपछि उनले आफू अब कुनै पनि कार्यक्रममा नजाने बताएकी हुन ।
रेखाले पहिरन बदल्न छोडेर किन अवार्ड नै बहिष्कार गरिन्, यो भने अनौठो बिषय छ । तर जे भएपनि रेखाको यो कदमले अवार्ड आयोजकहरुलाई भने हैरानीमा राखिदिन सक्छ ।

Comments

comments