भारतीय अभिनेता आमिर खानद्धारा अभिनित चलचित्र पीकेको विवाद दिल्लीसम्म पुगेको छ ।

धार्मिक विषयमा लगातार फस्दै गईरहेको छ । दिल्लीमा पीके प्रदर्शन भईरहेको एक थिएटरमा बजरंग दल र हिंदू सेनाका कार्यकर्ताहरुले तोड़फोड़ गरेका छन् । सोमबार पीकेलाई लिएर अहमदाबाद र भोपालमा आन्दोलन भएको थियो । हिन्दुबादिहरुले चलचित्रमा भगबानको बारेमा गलत चित्रण गरेको भन्दै उनिहरुले प्रतिबन्ध लगाउन माग गरेका छन् ।

यसअघि योग गुरू रामदेव बाबा र गुरू शंकराचार्यले पनि चलचित्रप्रती आपत्ति जजाएका थिए । बाबा रामदेवले चलचित्रलाई बहिस्कार गर्न अपिल गरेका छन् । राजुकुमार हिरानीले निर्माण गरेको चलचित्र पीकेमा आमिर खानसंगै अनुष्का शर्मा र सुशांत सिंह राजपुको मुख्य भुमिका रहेको छ ।

Comments

comments