मोहन वैद्य नेतृत्वको नेकपा माओबादीले संबिधान निर्मार्ण प्रक्रिया खारेजीको माग गर्दै माघ ३ गते देश ब्यापी आम हड्तालको आव्ह्वान गरेको छ ।

अहिलेको संबिधानसभा प्रतिगामीहरुको हातमा गएको र यसले जनसंबिधान निर्माण गर्न नसक्ने निचोड सहित नेकपा माओवादीले आम हडतालको घोषणा गरेको हो । पार्टीको पुस ११ देखि १४ गतेसम्म काठमाडौँमा बसेको प्रथम राष्ट्रिय भेला सम्पन्न गरे पश्चात भएको पत्रकार सम्मलेनमा उक्त जानकारी गराईएको हो ।

यसै गरी पार्टीले आगामी २५ गते पूर्वाञ्चल, २७ पश्चिमाञ्चल, २८ मध्य पश्चिमाञ्चल र २९ गते मध्यमान्चलमा पनि छुट्टा छुटै हाम हड्ताल गर्ने निर्णय गरेको छ । बैद्य माओवादीले संबिधानसभा भंगको माग गर्दै अधिकार सम्पन्न राजनीतिकसभाद्वारा नयाँ संबिधान जारी गर्नुपर्ने माग राखेको छ ।
अहिलेको संविधानसभाबाट संविधान जारी भए त्यसलाई जलाउने माओवादीको चेतावनी छ ।

Please follow and like us:

Comments