भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनको सन्यांस तत्काल लागू हुने हुदा अष्ट्रेलियासंग ६ जनवरीबाट सुरु हुने चौथो टेस्टको कप्तानी विराट कोहलीले गर्ने भएका छन् । धोनीले वान डे तथा टि २०–२० मा केन्द्रित हुन सन्यासको घोषणा गरेको जनाएका छन् । धोनी भारतीय क्रिकेटका सवै भन्दा बढी सफल कप्तान मानिन्छन् । उनको कप्तानीमा रहेको भारतीय टिम विश्व बरियतामा शिर्ष स्थानमा रहेको छ । भारतीय क्रिकेट काउन्सिलका सचिव संजय पटेलले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेका हुन् ।

चौथो तथा अन्तिम टेस्ट अगामी मंगलबार हु्ँनेछ ।

Please follow and like us:

Comments