गत आइतबारदेखि १ सय ६२ यात्रुसहित बेपत्ता भएको एअर एसियाको विमानको खोजी गर्दा कम्तीमा ४० वटा शव फेला परेको वीवीसीले जनाएको छ ।

ती शवहरु वेपत्ता भएकै विमानको भग्नावशेष पत्ता लागेको क्षेत्रबाटै फेला परेको विविसले उल्लेख गरेको छ । इन्डोनेसियाको वोनियो टापु नजिकको जाभा समुद्रमाथि फेला परेका विभिन्न वस्तु मध्ये ९५ प्रतिशत बेपत्ता विमानको भएको खोजकर्ताहरुले दाबी गरेका छन । जमिन र जलक्षेत्रलाई १३ भागमा विभाजन गरी भैरहेको खोजीमा इन्डोनेसिया, सिंगापुर, मलेसिया, अमेरिका, अष्ट्रेलिया, फ्रान्सलगायतका मुलुकका उद्धारकर्मी खटिएका छन् ।

इन्डोनेसियाका सैनिक विमानले उडान नम्बर क्यु जेड ८५०१ को ए ३२०­ २०० जहाजको ढोका र इमरजेन्सी स्लाइडसहित १० टुक्रामा भेटाएको थियो ।

Comments