भारत र अष्ट्रेलियाबीच अष्टे«लियाको मेलबर्नमा जारी तेस्रो टेष्टमा अष्ट्रेलिया बलियो स्थीतिमा पुगेको छ ।

आज अन्तीम दिनको खेल जारी रहँदा अष्ट्रेलियाले दास्रो पारिमा ९ विकेको क्षतिमा ३ सय १८ रन बनाई ईनिङ समाप्तिको घोषणा गरेको छ । यससंगै अष्ट्रेलियाले भारतलाई समग्रमा ३ सय ८४ रनको लक्ष्य दिएको छ । भारतले अहिले जवाफि व्याटिङका गरीरहेको छ । यसअघि अष्ट्रेलियका लागि दास्रो पारीमा सवन मार्सले ९९ रन बनाएका थिए । भारतका लागि उमेश यादव,मोहम्मद सामी,इशान्त शर्मा र रविचन्द्रन आश्विनले समान २–२ विकेकट लिएका थिए । अष्ट्रलियाले पहिलो पारीमा ५ सय ३० रन बनाएको थियो भने भारत ४ सय ६५ रनमा समेटिएको थियो ।

Comments

comments