मुल्य घटेसंगै दशैभर पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको छ ।

पेट्रोलमा प्रतिलिटर ७ र डिजेल तथा मट्टीतेलमा ५÷५ रुपैयाँ घटेपछि देशैभर पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्यापक गिरावट आएपछि नेपाल आयल निगमले पछिल्लो पटक पुस ४ गते मूल्य समायोजन गरेको थियो । स्वचालित मूल्य प्रणाली लागू गरेदेखि अभाव नभए पनि पछिल्लो पटक मूल्य घटेसँगै देशभरि समस्या देखिएको हो ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार मूल्य घटेपछि उपत्यकासहित, बागमती, जनकपुर, नारायणी, गण्डकी धवलागिरि र राप्ती अञ्चलमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । नेपाल आयल निगमले मौज्दात नराख्दा समस्या देखिएको एसोसिएसनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले बताउनुभयो ।

Comments