गृह मन्त्रालयले आगामी माघ ८ गतेलाई लक्षित गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले तीनवटै सुरक्षा निकाय जनपद प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र क्षेत्रीय प्रशासकहरूलाई माघ ८ को आसपासमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि सजग रहन निर्देशन दिएको हो । तीनैवटा सुरक्षा निकायका प्रमुख, क्षेत्रीय प्रशासक र एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भेला गरी हिजो मन्त्रालयले माघ ८ को सुरक्षा योजनाबारे छलफल गरेको हो ।

गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले माघ ८ को सुरक्षा योजनालाई लक्षित गर्दै नियमिति छलफल भएको जानकारी दिनुभयो । मन्त्रालयले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, विभिन्न हिन्दु अतिवादी संघसंगठनका गतिविधि र स्वतन्त्र मधेस माग गर्दै हिँडेका सिके राउत, मूल राजनीतिमा समाहित नभएका साना मधेसी दललगायतका गतिविधिमा निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताइएकोे छ ।

त्यसैगरी माघ ८ पूर्व र संविधान जारी नभएको अवस्थामा हुन सक्ने चुनौती सामाना गर्ने गरी सुरक्षा योजना लागू गर्न पनि मन्त्रालयले निर्देश गरेको छ ।

Comments

comments