इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज एक खेल मात्र हुने भएको छ ।

आजको खेलमा १० औँ स्थानमा रहेको लिभरपुल र ८ स्थानको स्वान्सी सिटी आमने सामने हुने भएका हुन् । खेल स्थानिय समय अनुसार राति ८ बजे हुनेछ । यसअघि गएराति सम्पन्न खेलमा टोटनहृयाम हटस्परले म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोकेको छ । गोलरहित बराबरीमा रोक्दै टोटनहृयामले उपाधि होडमा चेल्सी र म्यानेचष्टर सिटीलाई दबाव दिने युनाइटेडको प्रयासमा धक्का दिएको छ । खेलमा दुबै टोलीले केही राम्रो मौका पाए पनि गोल गर्न नसकेपछि अंक बाँडेका छन् । बराबरीसंगै युनाइटेड ३६ अंकका साथ तेस्रो स्थानमा छ भने ३१ अंक जोडेको टोटनहृयम सातौँ स्थानमा छ ।

त्यस्तै गएरातीनै भएको अर्को खेलमा लिगलिडर चेल्सीलाई साउथह्उाम्टनले १–१ को बराबरीमा रोकेको छ । त्यस्तै अन्य खेलहरुमा एस्टनभिल्ला र सन्डरलयाण्ड गोलरहित बराबरी खेल्दा क्युपीआर र क्रिष्टल प्यालेसले पनि गोलरहित बराबरी खेलेका छन् । त्यसैगरी हलसिटिलाई लिसेस्टर सिटीले १–० ले पराजित गर्यो । म्यानसिटी र बर्नलेले २–२ गोलको बराबरी खेल्दा स्टोक सिटीले वेष्ट ब्रोमलाई २–० पछि पार्यो । यता आर्सनलले वेष्टह्यामलाई २–१ ले पराजित गर्दा न्याक्यासलले एभर्टनलाई ३–२ ले स्तब्ध बनायो ।

गएरातीका खेलहरुपछि चेल्सी ४६ अंकका साथ शीषी स्थानमै कायम छ भने म्यानसिटीको ४३ अंकका साथ दास्रो स्थानमा रहेको छ ।

Comments

comments