संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विकास समितिको काम कारबाही प्रभावकारी नभएको भन्दै अनुगमनका लागि संयन्त्र निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा पर्यटन र संस्कृतिअन्तर्गतका समितिका पदाधिकारीसँग उनीहरु आबद्ध समितिले गरेका कामको प्रगति विवरण, बजेटलगायतका विषयमा जानकारी माग गरिएको थियो । सो क्रममा केही विकास समितिमा पदाधिकारी रिक्त रहेको विवरण आएपछि समितिको आजको बैठकले रिक्त पदाधिकारी तत्काल पूर्ति गर्न निर्देशन दिएको छ ।

समितिको कार्यादेश, कर्मचारीको अभावजस्ता कारणले प्रभावकारी रुपमा काम गर्न नसकिएको समितिका पदाधिकारीले गुनासो गरेका थिए ।

Comments

comments