२०१४ बलीउड अभिनेताहरुको दौडमा दबंग अभिनेता सलमान खान सबैभन्दा अग्रस्थानमा रहे ।

यस वर्ष उनको जय हो र किक जस्ता सुपरहिट फिल्महरु रिलीज भए । किक २०१४ को सबैभन्दा सफल फिल्ममा समावेश भयो । फिल्मले २ सय ३३ करोड रुपैयाँको सानदार कारोबार गर्न सफल भयो ।  फिल्म इंडस्ट्रीका किंगखान शाहरूखको लागि पनि यस वर्ष फेरी एकपटक राम्रो साबित भयो । उनको फिल्म ह्याप्पी न्यू ईयरले बक्सअफिसमा सफलताको नयाँ कीर्तिमान स्थापित गर्न सफल भयो । फिल्मले ओपनिंग डे मा करीब ४५ करोड़ रूपयाँ कमाउँदै लगभग २ सय ३ करोड़ रूपैयाँ हाथ पार्न सफल भयो ।

यता, आमिर खानको यो बर्षको अन्त्यमा प्रदर्शनमा आएको पीकेले व्यापारको नयाँ रेडर्क बनाउँदैछ । यो चलचित्र पनि एक सय करोड क्लबमा ४ दिनमा प्रवेश गरेको छ ।
त्यसैगरी बॉलीउडका अर्का स्टार ऋतिक रोशन र बार्बी गर्ल कैटरीना कैफद्धारा अभिनित फिल्म ब्याङगब्याङगले दर्शकलाई मोहित बनायो । उक्त फिल्मले १ सय ८० करोड़ रूपैयाँ कमाउन सफल भयो ।

यता यस वर्ष सिंघम स्टार अजय देवगनद्धारा अभिनित फिलम सिंघम रिटर्न्स पनि १ सय ४१ करोड कमाउँदै सफल चलचित्रमा सामेल हुन पुग्यो । यद्यपी उनको फिल्म एक्शन ज्याक्सनले खासै सफलता हासील गर्न सकेन ।

Comments

comments