घरेलु क्रिकेट प्रतियोगिताका क्रममा दर्शकलाई कुटेपछि भारतीय क्रिकेटर युसुफ पठान विवादमा परेका छन् ।

रणजी ट्रफीको जम्मु कश्मीरविरुद्धको खेलमा बडौदाका तर्फबाट खेलिरहेका पठानले दर्शकलाई झापड हानेपछि विवादमा परेका हुन् । खेलको ८४ औं ओभरमा व्यक्तिगत नौ रनमा आउट भएपछि मैदानबाट बाहिरिने क्रममा पठानले दर्शकलाई झापड हानेका थिए । बडौदा क्रिकेट संघका सचिव स्नेहल पारिखले एकजना युवाले पठानलाई गाली गरेपछि उनी आक्रोशित भएको बताएका छन् ।

पठानले पनि रिसको झोकमा दुई झापड हानेको स्वीकार गरेका छन् । घटनापछि म्याच रेफ्री प्रशान्त मोहपात्रले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई यस विषयमा जानकारी गराएका थिए ।

Comments

comments