चीनका विदेशमन्त्री वाङ यी तीनदिने सद्भावना भ्रमणका लागि आज दिउँसो काठमाडौं आउने भएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङले छिमेकी मुलुकलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेपछि चीनका विदेशमन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन् । विदेशमन्त्री वाङ दोस्रो संविधानसभा निर्वाचनपछि चीनको उच्चस्तरीय भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । परराष्ट्रमन्त्रीस्तरीय दुईपक्षीय बैठक शुक्रबार सोल्टी होटेलमा हुँदै छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रीस्तरमा दुईपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

वाङको भ्रमणलाई राष्ट्रपति सीको भ्रमणको पूर्वतयारीका रूपमा लिइएको छ । चीनका राष्ट्रपति तहबाट नेपाल भ्रमण नभएको १८ वर्ष भएको छ ।

Please follow and like us:

Comments