सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले पनि झन्डै तीन करोड रुपैयाँ पाउने भएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले हरेक सदस्य राष्ट्रलाई तीन हजार अमेरिकी डलर तयारी सहयोग गर्न लागेको हो । नेपालले पनि सदस्यको हैसियतमा उक्त सहयोग पाउने भएको छ । नेपालले आगामी विश्वकपका लागि छनोट खेल सन् २०१५ मा खेल्नेछ । नेपाली फुटबल विकासका लागि फिफाले प्रदान गर्न लागेको सहयोग रकम आफैंमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । गत जुन र जुलाईमा ब्राजिलमा आयोजित विश्वकप फुटबलका दौरान फिफाका अध्यक्ष सेप ब्लाटरले हरेक सदस्य राष्ट्रलाई विश्वकपको फाइदाबाट आर्थिक अनुदान प्रदान गरिने घोषणा गरेका थिए ।

सोही रकम नेपालसहित फिफामा आबद्ध सबै राष्ट्रले पाउने भएको हो ।

Comments