हरेक मान्छेको सपना हुन्छ,नाम र दाम कमाऊँ । त्यसका लागि ऊ उचित कामको खोजीमा रहन्छ । तर नाम कमाउँन ठूलै युद्ध जित्न नपर्ने रहेछ । दाम कमाउँन अनेक ठाउँ भौंतारिन पनि नपर्ने रहेछ । आफूसँग भएको प्रतिभा देखाएर पनि नाम दाम कमाउँन सकिदो रहेछ । त्यसका लागि कुनै ठूलो स्टेज वा प्लेटफर्म पनि नचाहिने रहेछ । यसको बलियो उदाहरण हुन्–आशिष राना लाउरे ।

आशिष रानालाई अहिले नचिन्ने शायदै नेपाली युवा पुस्ता होलान् जोसँग इन्टरनेटको पहूँच छ । अझ लाउरे नाम त उनीहरुका लागि ठूलै सेलिब्रेटी भैसकेको छ । युट्युवलाई आफ्नो प्रतिभा र कला पोख्ने प्लेटफर्म बनाउँदै आएका लाउरे अहिले देशविदेशमा रहेका लाखौं नेपाली युवा दर्शक,श्रोताहरुको ढुकढुकी बनिसकेका छन् । उनले गाउँने गीत र र्यापको शब्द र स्टाइल अधिकांशलाई हुबहु कण्ठस्थ छ । उनको यही नेम र पपुलरिटीले उनलाई तान्डव नामक चलचित्रमा नायकसम्म बनायो ।
उनै लाउरे अर्का साथी गणेशसँगै यो नयाँ वर्ष २०१५ को अवसरमा अष्ट्रेलियाली नेपाली दर्शकहरुसँगै मनाउँन आउने भएका छन् । यो आफैंमा कतिलाई विग न्यूज हुन सक्छ । किन कि आफ्नो सेलिब्रेटी लाउरे र उनका प्रस्तुतिहरुसँगै नयाँ वर्षको शुरुवात गर्न पाउँनु आफैंमा विग सेलेब्रेशन पनि हो नि,मेलबर्नमा भेटिएका लाउरेका एक फ्यानले यसो भने ।

न्यू इयर इभ २०१५ : फंक दी डार्कनेश नाम दिइएको लाउरेको कार्यक्रममा अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछन् । यस्तै लाइभ म्यूजिक,फायरवर्कस् र डिजेहरुको आकर्षक प्रस्तुतिले दर्शकहरुको न्यू इयर इभ २०१५ लाई साँच्चिकै यादगार बनाउँने आयोजक एस इभेन्ट्स एण्ड मल्टिमिडियाको विश्वास छ ।

Comments

comments