आहा रारा गोल्डकपको १३ औं संस्करण माघ २० गतेबाट सञ्चालन हुने भएको छ ।

आयोजक सहारा क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामि माघ २० देखि फागुन २ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ हुने प्रतियोगिताका सबै खेलहरु स्थानीय पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ क्लवले सहभागिता जनाउने आयोजक सहारा क्लवले जनाएको छ । बेलायतको पाँचौ डिभिजनको क्लव अल्टरसट, सहारा युकेसहित भुटान र भारतका टीमले समेत प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।

प्रतियोगितामा विजेता, उपविजेता र विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने छ ।

Comments

comments