विश्वकप फुटवलको अन्तिम १६ मा स्थान बनाउन कडा प्रतिस्पर्धा भएको बेल्जियम र रसिया बिचको खेलमा बेल्जियमले बाजि मारेको छ । खेलको ८८ औं मिनेटमा ओरिगिले गरेको गोलले रसियालाई हराएन मात्र बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गर्यो । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान छिरेका ओरिकीको गोल मद्दतले बेल्जियमले रुसलाई हराउन सकेको हो ।

त्यस्तै, हिजो राती नै भएको अर्को खेलमा दक्षिण कोरिया अफ्रिकी मुलुक अल्जेरियासँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । अल्जेरियाले कोरियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । कोरियालाई पराजित गर्दै अल्जेरियाले विश्वकप फुटवलको नक आउट चरणमा पुग्ने संभावनालाई जिवितै राख्दै समूहको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । विश्वकपमा सन् १९८२ पछि पहिलो जित निकाल्ने क्रममा समूह एचमा रहेको अल्जेरियालले अफ्रिकि देशबाट एउटै खेलमा ४ गोल गर्ने देश समेत बनेको छ ।

कोरियाले दोस्रो हाफको ५० मिनेटमा सङ हिउङ मिङको गोलबाट खाता खोलेको थियो । त्यसको १२ मिनेटमा अल्जेरियाले थप गोल गर्दा दक्षिण कोरिया थप दवावमा रह्यो । कोरियाको लागि कोले ७२ औं दोस्रो गोल गरे पनि त्यसले हार टार्न सकेन । अघिल्लो खेल रुससँग बराबरी खेलेर एक अंक बटुलेको कोरिया अल्जेरियासँग पराजित भएपछि एकअंकमै रहँदा अघिल्लो चरण प्रवेश गेर्ने बाटो लगभग समाप्त भएको छ

त्यस्तै अमेरिका र पोर्चुगलले बराबरीमा खेल्दै अंक बाँडेका छन् । सोमवार विहान भएको खेलमा पोर्चुगललाई २-२ को बराबरीमा रोक्दै अमेरिकाले अंक खोसेको छ । पोर्चुगलले विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेशको सम्भावना जिवितै राखेको छ । खेल सकिन करिव ३० सेकेण्ड मत्रा रहेको पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको पासमा सिल्वेस्टर वरेलाले हेड मार्फत आकर्षक गोल गरेका थिए ।

पहिलो हाफको खेलमा ५ औं मिनेटमा पोर्चुगलका नानीले सुरुवाती गोल गरेका थिए । पछी खेलको दोस्रो हाफमा अमेरिकाले लगातार दुई गोल गर्दै आफुलाई पोर्चुगल माथि हावी गर्यो । उसका लागि जेरम्यान जोन्सले ६४ औं मिनेट र कप्तान ड्याम्सीले ८१ औं मिनेटमा गोल गरे । अमेरिकी दर्शक तथा खेलाडीहरु अर्को चरणमा पुगेको खुसीयाली मनाउन आतुर रहँदै गर्दा खेल सकिनु ३० सेकेन्ड मात्र बाँकी छँदा पोर्चुगलले नाटकिय गोल गर्यो ।

यो खेलको बराबरीसंगै समूह जीमा रहेका जर्मनी र अमेरिकाको समान ४ अंक छ जसमा गोलअन्तरले अमेरिका दोस्रो स्थानमा छ । त्यस्तै घाना तेस्रो स्थानमा छ भने पोर्चुगलको अन्तिम स्थानमा छ । विश्वकपमा पोचुर्गल(अमेरिकाको बराबारी भएपछी पोचुर्गलको विश्वकपमा अर्को चरण पार गर्ने सम्भावना कायम छ । अव समूह चरणको अन्तिम खेलमा जर्मनी र अमेरिका भिड्नेछन् भने पोर्चुगलले घानासँग खेल्नेछ ।

Comments

comments