जाडो बढेको छ | जाडोमा न्यान्यो र बाक्लो  लुगा कपडा नलगाए बिरामी हुने डर हुन्छ | चिसोबाट जोगिनु पनि छ ,  अनि फेसनमा आएका पहिरन पनि छोड्न मन छैन भन्ने तपाइँलाई लागेको छ भने हामीले केहि उपायहरु खोजेका छौं | जाडोमा स्टाइलिस देखिन नसकिएला कि भन्ने चिन्ता धेरै फेसनप्रेमीमा हुन्छ, तर फेसन र एसेसरिजको तालमेलले मिलाउन सकियो भने त जाडो मौसममा पनि ग्ल्यामरस एवं स्टाइलिस देखिन सकिन्छ। हामी  सात उपाय सुझाउँदै छौं जो तपाइंको व्यक्तिगत दैनिकीमा  उपयुक्त हुनसक्छ | सुझावहरु यस प्रकार छन् |

१)   जाडोमा विभिन्न डिजाइनको स्टाइलिस कोट वा ज्याकेट लगाउन सकिन्छ। ज्याकेटले बाहिरी सुन्दरता मात्र होइन, भित्री व्यक्तित्वसमेत झल्काउँछ।

२)  दुब्लाहरूले सकेसम्म फिटिङ पहिरन लगाउँदा सुन्दर देखिन सहयोग पुग्छ। गर्मीमा जस्तो हट डिजाइन जाडोमा लगाउन नसकिए पनि पृथक् लुक दिन सकिन्छ।

३)  जाडोमा विभिन्न डिजाइनको उलन टोपी र क्याप स्टाइलको टोपी लगाउन सकिन्छ।

४)  कोट, ज्याकेट वा हाइनेक माथि फरक डिजाइनका मफ्लरले हट लुक प्रदान गर्छ।

५)   जिन्स पाइन्ट, चुज पाइन्ट र लेगिनमा लङ बुट, सर्ट बुट, वेइज हिल बुट आदि लगाउँदा थप स्टाइलिस देखिन सकिन्छ।

६)  साडी-ब्लाउज, कुर्ता-सुरुवालका साथै अन्य पहिरनमा समेत कोट वा स्वेटरको तालमेल मिलाउन सकिन्छ।

७ )  हाइनेक बाहिर विभिन्न डिजाइनका जम्पर लगाउन सकिन्छ। यसले मोटो शरीर भएकाहरूलाई दुब्लो देखाउनसमेत सहयोग पुर्‍याउँछ।

Comments

comments