नयाँ वर्ष २०१५ संघारैमा आइपुगेको छ । यो नयाँ वर्षको स्वागतका लागि सबैको आ आफ्नै तयारी सँगै नयाँसँग सबैको भिन्न भिन्न कामना पनि होलान् । तर नयाँ वर्षको आगमनसँगै सबैको एउटा साझा कामना पनि हुन्छ,त्यो हो नयाँ वर्ष शुभ रहोस् भन्ने शुभ कामना ।

त्यसैले नयाँ वर्ष २०१५ को आगमनको सुखद उपलक्ष्यमा प्रवासी नेपाली मञ्च,भिक्टोरियाले यही शनिवार अर्थात डिसेम्वर २० मा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ । कोवन,लेक पार्कमा दिउँसो १२ बजेपछि हुने कार्यक्रममा सहभागीता जनाउँन आयोजकले सम्पूर्ण भिक्टोरिया निवासी नेपालीहरुलाई खुल्ला हृदयले आमन्त्रण गरेको छ ।

Comments

comments