क्रिसमसको विदा पारेर हरेक दुई वर्षमा अष्ट्रेलियाको विभिन्न राज्यमा हुदै आएको नेप्लीज इन्टरस्टेट स्पोर्ट मिट इभेन्ट यसपटक भने मेलबर्नमा हुने भएको छ । अहिले यसको भव्य तयारी भैरहेको आयोजकले जनाएको छ ।

पहिलो स्पोर्ट मिट नेप्लीज रिकिएसनल क्लब (एनआरसी) ले सिड्नीमा आयोजना गरेको थियो । तर दोश्रो पटक यसपाली हुन लागेको यो इभेन्ट नेप्लीज एशोसिएसन अफ भिक्टोरीयाले (न्याभ) ले गर्दैछ ।

न्याभले आउँदो डिसेम्बर २७ र २८ मा एनआरसी, नेप्लीज एशोशिएसन अफ क्वीनस्ल्यान्ड, अष्टे«लियन नेपाल फेण्डशिप सोसाइटी क्यानबेरा र एनआरएनएन स्टेट काउन्सिल भिक्टोरीसँग सहकार्य गरेर स्पोर्ट मिट मेल्वर्नमा आयोजना गर्न लागेको हो । स्पोर्ट मिट इभेन्टस्लाई सहयोग गर्न र सफल बनाउन भिक्टोरीयाको नेपाली समुदायका विभिन्न संघसंस्था, स्पोर्ट क्लब र विभिन्न संचार माध्यमहरुले पनि सहकार्य गर्दैछ । उक्त इभेन्टस्मा अष्टे«लियाभरीबाट सयभन्दा बढी नेपाली समुदायका सदस्यहरुले भाग लिने न्याभले आशा गरेको छ । क्रिकेट, टेनिस , टेबल टेनिस, गल्फ र ब्याटमिन्टन खेलहरु समावेश गरिने इभेन्टको अवार्ड विरण कार्यक्रम भने डिसेम्भर २८ तारिखमा कोलिङ्गहुड टाउन हलमा हुनेछ ।

खेलको माध्यमबाट स्वथ्य र फिटनेशलाई प्रोत्साहन गर्ने, आत्माविश्वास र स्वच्छ प्रतिस्पर्धाको भावनामा अभिवृद्धि गर्ने, युवाहरुको क्षमता र प्रतिभालाई ठाउँ दिने र विभिन्न संघ संस्थाहरुको प्रोमोशन गर्ने उद्देश्यले यस्तो इभेन्टस्को आयोजना गर्दै आएको आयोजकले जनाएको छ ।

Comments