आज आप्रवासी दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

नेपालमा पनि सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता भन्ने नारासहित सरकारी तथा गैरसकारी क्षेत्रबाट आज विभिन्न कार्यक्रम गरिंदैछ । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापीरुपमा मनाइने भएको हो । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले सुरक्षित आप्रवासनका लागि शुभकामना दिनुभएको छ ।

Please follow and like us:

Comments