संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनमाथि आजपनि  संविधानसभामा छलफल हुने भएको छ ।

सहमति जुटाउन यो प्रतिवेदन संवाद समितिमै फर्काउने कि संविधानसभाले टुङग्याउने भन्नेमा दलहरु विभाजित छन् । ंसबाद समितिका सभापति डा. बाबुराम भट्टराईले गएको बुधबार बुझाउनुभएको प्रतिवेदन चार दिन सभासद्हरुले अध्ययन गरेपछि त्यसमाथि छलफल थालिएको हो । हिजोको छलफलमा पनि दलहरुबाट फरक फरक धारणा आएका छन् । काङग्रेस एमालेको सझा प्रस्तावलाई छलफलमा लैजानुपर्ने सत्तापक्षको माग भने सम्वाद समितिमै फर्काएर सहमति खोज्नुपर्ने विपक्षी दलको अडान रहेको छ । छलफल हुँदा सवै सभासद्को हात हातमा रातो खोल सहितको प्रतिवेदन दिइएको छ ।

सहमतिको कुनै ठोस बिकल्प प्रस्तुत गर्नुभन्दा सवैजसो सभासद्को धारणा प्रतिवेदन फेरि समितिमा पठाउने कि नपठाउने भन्नेमै केन्द्रित छ । आज बिहान ११ बस्ने बैठकमा सभासदहरुलार्ई समय तालिका अनुसार बोल्न दिइने छ ।

Comments