जापानको कागोसिमामा आज बिहानै भएको आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरी र अग्नी नियन्त्रकहरुका अनुसार बिहान १ बजेर २० मिनेटमा आगोलागी भएको हो । अमार्टमेन्टमा लागेको आगो नियन्त्रण लिनका लागि झण्डै १ घण्टा भन्दा बढी लागेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा ७० वर्षीय वृद्धा, त्यस्तै ४६ वर्षीयासहित उनका २० र १५ वर्षका छोरी रहेको प्रहरीले बताएको छ ।

Comments

comments