नेपालमा माघ ८ गते संविधान बन्ने नबन्ने अहिले अन्यौलता कायम छ । प्रमुख दलहरुबीच नै संविधानका मूख्य विषयहरुमा विवाद यथावत रहेपछि समयमै संविधान बन्ने सम्भावना पनि टर्दै गएको हो ।

यसैबीच समयमै संविधान जारी हुनुपर्ने माग राख्दै अष्ट्रेलियामा रहेका नेपालीहरुले मेलबर्नमा दबाबमुलक अभियान शुरु गरेका छन् । हिमालयन कङ्गारु नेपाली अनलाइनको संयोजनमा शुरु भएको उक्त दबाबमुलक अभियानमा मेलबर्नमा रहँदै आएका प्राध्यापक,विद्यार्थी,व्यवसायी,एनआरएन लगायतले ऐक्यवद्दता जनाएका छन् ।

त्यसक्रममा उनीहरुले नेपालमा समयमै संविधान जारी हुनुपर्ने मतैक्यता जाहेर गर्दै खै त संविधान ,संविधान देऊ लगायतका नारा बोकेको प्लेकार्डहरु प्रदर्शन गरेका छन् । यो अभियान संविधान जारी नभएसम्म जारी रहने हिमालयन कङ्गारुका प्रबन्ध निर्देशक अरुण लम्सालले बताउँनुभयो ।

Please follow and like us:

Comments