इङ्गलिश प्रिमियर लिग फुटबलअन्र्तगत आज राती सात खेल हुँदैछन् ।

राति पौने ९ बजे छ वटा खेल हुनेछन् । एकै समयमा चेल्सीले आफ्नै मैदानमा हल सिटीसंग खेल्दा म्यानचेष्टर सिटी लेस्टर सिटीसंग उसकै मैदानमा आमनेसामने हुनेछ ।त्यसैगरी बर्नलेले आफ्नै मैदानमा साउथह्याम्पटनसंग, वेष्टब्रोमविच आल्बियनले एस्टन भिल्लासंग, क्रिष्टल प्यालेसले स्टोक सिटीसंग तथा सन्डरल्याण्डले वेष्टह्याम युनाइटेडसंग खेल्नेछ ।

त्यस्तै राति सवा ११ बजे हुने एक मात्र खेलमा आर्सनलले आफ्नै मैदानमा न्यूकासल युनाइटेडसंग खेल्नेछ । लिगमा १५ औं चरणको समाप्तिसम्म चेल्सी ३६ अंकका साथ शीर्ष स्थानमा छ भने ३३ अंकको साविक विजेता म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । त्यसैगरी २८ अंकको म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा छ ।

हल सिटी, बर्नले र लेस्टर सिटी रेलिगेशन क्षेत्रमा छन् ।

Comments

comments